
काठमाडौं । नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ। मतगणना चलिरहदा अहिलेसम्मको मत परिणमले सुनसरीमा नेकपा एमाले र मोरङमा नेपाली कांग्रेसलाई आशावादी बनाएको छ। सुनसरीका चारवटा प्रतिनिधिसभामध्ये दुईवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एउटामा माओवादी केन्द्रले अग्रता लिएको छ भने अर्कोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
सुनसरी क्षेत्र नम्बर १ मा कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ् मेन्याङ्वो अग्रता लिएका छन्। मंगलबार साँझको नतिजा अनुसार उनलाई एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका अशोक राईले पछ्याइरहेका छन्। मंगलबार दिउँसोसम्म कांग्रेस नेतृत्व र एमाले–जसपा दुवै गठबन्धनका उम्मेदवार पछि थिए। ७४ सालको प्रतिनिधिसभामा एमालेका जयकुमार राई विजयी भएका थिए। जयकुमारले जसपाका अशोकलाई हराएका थिए।
यस्तै, क्षेत्र नम्बर १ (क) तर्फ नेपाली कांग्रेसका उमेश थापा अग्र स्थानमा छन्। उनलाई एमालेका रमेश बस्नेतले पछ्याइरहेका छन्। क्षेत्र नम्बर २ मा सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले प्रतिनिधिसभामा अग्रस्थानमा छन्। उनी सुरुवातदेखि नै एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै निरन्तर अग्र स्थानमा रहेका छन्। थापालाई एमालेका भीम आचार्यले पछ्याइरहेका छन। कांग्रेसका सीताराम मेहता तेस्रो स्थानमा छन्। २०७४ मा कांग्रेसका प्रतिनिधिसभाका लागि सीताराम मेहता नै विजयी भएका थिए।
क्षेत्र नम्बर २ (क) तर्फ एमालेका रेवतीरमण भण्डारी अग्र स्थानमा छन्। उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका द्दारिकलाल चौधरीले पछ्याइरहेका छन्। क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी अग्र स्थानमा छिन्। कांग्रेसका नेता विजयकुमार गच्छदारले पाएको मत परिणमका आधारमा तेस्रो स्थानमा छन्। गच्छदार सातौंपटक चुनावी प्रतिस्पर्धामा रहेको बेला सोमबार रातिदेखि गणना भएको मत परिणम अनुसार अहिलेसम्म तेस्रो स्थानमा रहेका हुन्। क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनाली दोस्रो स्थानमा छन्। गच्छदारले दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीसँगै कठिन ढंगले जितेका थिए।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्