Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


विकास र समृद्धिको आशामा मतदान


39
Shares

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाका जिम्मेवार पदाधिकारीहरूले आइतबार आफ्नो मतदान केन्द्रबाट मतदान गरी सामाजिक सञ्जाल ट्वीटर तथा फेसबुकमार्फत आफ्नो मतदान किन र केका लागि भनेर खुलाए ।

सिंगो निजी क्षेत्र, उच्चदेखि निम्मन वर्गलगायत सबै नागरिकको एउटै मात्र चाहाना हो मुलुकको आर्थिक विकास र समृद्धि ।मतदान गरिसकेपछि उनीहरूले निर्वाचपछि बन्ने सरकारले आर्थिक क्षेत्रको उन्नयनका लागि काम गरोस् भन्ने अपेक्षा रहेको बताए । महासंघका अध्यक्ष गोल्छाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदन केन्द्रबाट मतदान गरे ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्न सक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह गरेका थिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।