१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विश्वकप फुटबलको भव्य उद्घाटन


156
Shares

दोहा । आयोजक कतार विश्वकप फुटबलको उद्घाटन खेलमा पराजित भएको छ । ऊ इक्वेडरसँग २–० ले पराजित भएको हो । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।

फिफा विश्वकप कतार २०२२ को आइतबार राति एक समारोहीच भव्य उद्घाटन भएको थियो । कतार र इक्वेडर भिड्नुअघि ३० मिनेट चलेको उद्घाटन सत्रमा विभिन्न ७ प्रस्तुति देखाइएको थियो । कतारको अलखोरस्थित अल बेयत रंगशालामा हुने समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल–कुबाइसीले प्रस्तुति दिनेछन् ।

उद्घाटन समारोहमा एकताको संदेश दिने प्रस्तुति देखाइएको थियो । प्रस्तुतिमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकको प्रतिनिधित्व रहेको थियो । सयौंको संख्यामा रहेका कलाकारले प्रस्तुति दिएका थिए । यसपटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । फाइनल ३ पुसमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक जाडो मौसममा विश्वकप हुँदै छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।