२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


भारतकाे एक जुत्ता कारखानामा आगलागी, कराेडौं क्षति


78
Shares

काठमाडौं । भारतको दिल्लीमा रहेको एक जुत्ता कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

दिल्लीको मादिपुरमा रहेको जुत्ता करखानामा आगलागी हुँदा आगरा घर भएका एक ब्यक्तिको मृत्यु भएको हो । मादिपुरको कैलासपुर इलाकामा रहेको जुत्ता कारखानामा आगलागीपछि भाग दौड हुँदा उनको मृत्यु भएको हो ।

केमिकल राखिएको ड्रम र छालाका सामानमा लागेको आगो भीषण रुपमा फैलिएको थियो । १५ बटा दमकलको सहायताले ६ घण्टापछि आगो निभाइएको थियो । आगलागीबाट कराेडौंको क्षति भएको बताइएको छ ।