२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धानको समर्थन मूल्य प्रतिक्विटल २१५ बढ्यो


299
Shares

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयअनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विटल रु. दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु. तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालू आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मुल्य मोटा धानमा प्रतिक्विन्टल रु. दुई सय १५ र मध्यम धानमा प्रतिक्विटल रु. दुई सय २६ ले बढी हो । गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विटन रु दुई हजार सात सय ५२ र मध्यम धानका लागि रु दुई हजार नौ सय दुई तोकेको थियो ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मुल्यअनुसार धान खरिद गर्नेछ । चालू आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने लक्ष्य छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।