२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नाकाबन्दीसँगै सुरु, अहिलेसम्म बनेन

गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेंसी रसुवागढी सडक

286
Shares

काठमाडौं । भारतले नाकाबन्दी लगाएको समयमा नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी रसुवागढी सडक आधा मात्रै सकिएको छ ।

सरकारले २०७२र ७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ ।

काठमाडौं उपत्यकाबाट छिमेकी मुलुक चीनसँग जोड्ने यो सबैभन्दा छोटो सडक मार्ग सात वर्षदेखि अलपत्र रहेको छ ।

सडकको रेखाङ्कन नहुनु, मुआब्जा/क्षतिपूर्ति विवाद, सर्वोच्च अदालतको स्टे अर्डर र ठेकेदार कम्पनीको लापरबाही आदि कारणले यो सडक योजनाको निर्माण कार्य प्रभावित हुँदै आइरहेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।