Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


एन्फाको कार्यसमिति बैठक कात्तिक २९ मा बस्ने


130
Shares

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कात्तिक २९ गते बस्ने भएको छ । एन्फाले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै बैठक कात्तिक २९ को लागि डाकेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बस्ने बैठकमा विभिन्न ९ एजेन्डामा छलफल हुनेछ ।

बैठकका मार्केटिङ, ब्रोर्डकाष्टिङ, डिजिटल राइट्स, कमर्सियाल स्ट्राटिजी र पार्टनरसिप सम्बन्धी, एन्फा होस्टलको क्यान्टिन भाडामा दिने, फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व, विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियुक्त, मार्चमा हुने फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व, नेपालले प्राप्त गरेको फिफा विश्वकपको टिकट, राष्ट्रिय लिग तथा सहिद स्मारक ए डिभिजन लिग, एकेडेमी सञ्चालन र विविध विषयको एजेन्डामा छलफल हुनेछ ।

एन्फाका बहुमत केन्द्रिय कार्यसमिति सदस्यले बैठकको माग गरेपछि एन्फाले बैठक बोलाएको हो ।