
काठमाडाैं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारलाई तीब्र पारेको छ ।
पार्टीले आसन्न मंसिर ४ को चुनावका लागि आफ्ना पार्टीबाट उम्मेदवारी दिएकाहरुलाई बहुमतले जिताउन आग्रह गर्दै चुनावी प्रचारप्रसारलाई तीब्र पारेको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफैं उपस्थित भइ घरदैलो अभियानलाई तीब्र बनाउनुभएको हो ।
एमालेकोतर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले पनि चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तीब्रता दिनुभएको छ । निर्वाचन आयोगले तोकेको सीमामा रहेर आफूले चुनावी प्रचारप्रसार गर्नुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । उहाँले नेकपा एमालेले गरेका कामहरुबाट आम नागरिकहरु खुशी भएको चुनावी प्रचारप्रसारका क्रममा नागरिकहरुबाट प्राप्त प्रतिक्रियाले जनाएको बताउनुभयो ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि निर्वाचनमा सहभागी विभिन्न राजनीतिक दलहरुले आफ्नो प्रचारप्रसारलाई तीब्रता दिइरहेका छन् । नेकपा एमालेसहित, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले पनि आफ्ना विभिन्न ५ वर्षे एजेण्डाहरु लिएर जनतामाझ भोट माग्न गइरहेका छन् । पार्टीका शीर्ष नेताहरुको विभिन्न जिल्ला दौडधुप बढ्दो छ ।
निर्वाचन आयोगले आयोगको निर्वाचन आचारसंहिताभित्र रहेर पार्टी र उम्मेदवारहरुले याली, गोष्ठी, सेमिनार र सभा गर्न पाउने उल्लेख गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले निर्वाचन आचारसंहीताको उल्लंघन गरे कारबाहीको भागिदार बन्ने पनि निर्वाचन आयोगले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्