
काठमाडौं । चालू आ.व.को ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमर्एपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको संख्या १ लाख ३३ ले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालू आ.व.को सोही अवधिमा बेरोजगार युवाको संख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा न्युनतम रोजगार कार्यक्रममा सहभागी हुने ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले कार्यक्रमको लक्ष्य रोजगारी सृजनासँगै बेरोजगारको खोजी गरी सूचीकरण गर्ने भएकाले पछिल्लो समय स्थानीय तहसँग मिलेर बेरोजगारको खोजीलाई प्रभावकारी बनाएपछि संख्या बढेको बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्