
काठमाडौं । म्यानमारकी नेतृ आङसाङ सुचीले बंगलादेशको शरणमा रहेका रोहिंग्या मुस्लिमलाई म्यानमार फर्काउन बंगलादेशले नै पहल गर्नुपर्ने बताएकी छिन् ।
गत बर्ष रोहिग्या मुस्लिम म्यानमारका सैनिकको ज्यादतीका कारण बंगलादेश पलाएन भएका थिए ।
उनीहरुलाई स्वदेश फर्काउने विषयमा म्यानमार र बंगलादेशबीच सम्झौता भएपनि कार्यन्वयन नहुँदा उनीहरु मारमा परेका छन् ।
सिंगापुर भ्रमणमा रहनुभएका नेतृ सुचीले रोहिंग्यालाई स्वदेश फर्काउन बंगलादेशले ढिलासुस्ती गरेको आरोप लगाए ।
बंगलादेश शरणमा रहेका रोहिंग्याले भने स्वदेश फर्कनुअघि म्यानमारका सैनिकबाट सुरक्षाको सुनिश्चितता चाहिने बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्