Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


भारतमा एकैदिन कोरोना संक्रमणबाट दुई हजारको मृत्यु


0
Shares

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन दुई हजारको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कुल मृतकको संख्या ११ हजार ९०३ पुगेको छ।  त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ९७४ जनामा संक्रमण देखिएको छ।

संक्रमितको कुल संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ। सबैभन्दा बढी संक्रमितको संख्या महाराष्ट्रमा छ । महाराष्ट्रमा १ लाख १३ हजार ४४५ जना संक्रमित छन् भने ५ हजार ५३७ को मृत्यु भएको छ ।