२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


0
Shares

काठमाडाैं । आगामी संघ तथा प्रदेशसभा निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पर्वत जिल्ला अदालत परिसरमा दशैंको छेको पारेर मुख्य निर्वाचन अधिकृतको कार्यालय शुभारम्भ गरिएको हो ।

पर्वतका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले कार्यालय शुभारम्भ गर्नुभयो । सो अवसरमा मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आगामी निर्वाचनलाई निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सबैलाई सहयोगका लागि अपील गर्नुभयो ।

उहाँले निर्वाचनलाई मर्यादित बनाउनका लागि राजनैतिक दल, सुरक्षा निकाय, नागरिक समाज, सञ्चार क्षेत्र तथा आम मतदाताको पनि उत्तिकै भूमिका हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निर्वाचन भय रहित र शान्तिपुर्ण सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।