१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


प्रहरीलाई बलियो बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पबाट आदेश जारी


0
Shares

काठमाडौं र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीलाई शक्तिशाली बनाउने आदेशमा हस्ताक्षर गरेका छन् । 

केही साताअघि अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको विरोधमा देशव्यापी विरोध प्रदर्शन जारी रहेका बेला भीड नियन्त्रणका लागि आवश्यक बल प्रयोग गर्नसक्ने अधिकारसहितको आदेशमा राष्ट्रपति ट्रम्पले जारी गरेका हुन ।

उनले देशव्यापी रुपमा भइरहेका सरकार विरोधी आन्दोलन रोक्न प्रहरीलाई थप सहयोग पुग्ने विस्वाससमेत व्यक्त गरेका छन् ।

राष्ट्रपतिको निर्देशनमा भीड नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक बल प्रयोग गर्न र दुराचारमा संलग्नहरुको तथ्यांक संकलन गर्न थप सहज बनाइएको छ ।

उनले समय अनुसार पूराना नियमलाई परिमार्जन गरेर सेवालाई व्यवस्थित बनाउन नयाँ नियम ल्याइएको बताए ।

उक्त आदेशले घटनाको अनुसन्धानका लागि संघीय प्रहरीलाई बलियो बनाएको ट्रम्पको भनाइ छ ।

उनले जर्ज हत्या प्रकरणपछि नेताहरुको माग अनुसार नै आफूले प्रहरीलाई बलियो बनाउने आधार खडा गरेको राष्ट्रपति ट्रम्पको दावी छ ।(एजेन्सी)