Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


अर्थतन्त्रमा गम्भिर संकट देखापर्ने : अर्थ समिति


0
Shares

काठमाडौं, असार २ । सांसदहरुले कोरानाका कारण अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भिर संकट देखा पर्ने खतरा रहेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सांसदहले खर्च र आम्दानीमा देखिएको फरकले अर्थतन्त्रलाई गम्भिर अवस्थामा धकेल्दै लगेको बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँग सम्बन्ध विग्रदै जाने र भारतले आपूर्ति नगरेमा देशको अर्थतन्त्रमा गम्भिर असर पर्ने र समग्र आपूर्ति चेन नै विग्रन सक्ने खतरा रहेको बताए ।  सांसद रामकुमारी झाक्रीले सरकारले मन्त्रालयहरुको संख्या बढी राखेर खर्च बढाइराखेको बताइन् ।

सांसद श्यामकमार श्रेष्ठले देशभित्र रहेको सबै रुप र रङको पूँजीलाई राजश्वको दायरामा ल्याएर सार्वजनिक गर्नदिनु पर्ने बताए ।

सांसद जयकुमार राईले अहिलेसम्म अर्थसमितिले दिएका कुनैपनि निर्देशनहरु सरकारले पालना नगरेकोले अवदेखि थप बलियो बन्दै सरकारलाई निर्देशन दिनपर्नेमा जोड दिए ।