२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


ईमेजकर्मी सिंह सम्मानित


1.378k
Shares

काठमाडौं । विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

हार्ट टु हार्ट नेपालको संयोजन तथा नेपाल हार्ट नेटले बिहीबार राजधानीमा कार्यक्रम गरी वरिष्ठ मुटु रोग विशेषज्ञ र सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

कार्यक्रममा स्वास्थ मन्त्री भवानीप्रसाद खापुङले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. तिलकनाथ भट्टराई र ईमेज च्यानलकी सञ्चारकर्मी शैलजा सिंहलाई सम्मान गर्नुभयो ।

सेप्टेम्बर २९ मा विश्ज मुटु दिवस मनाउने गरिएको छ । मन लगाउँ सबैको मुटु बचाउँ भन्ने नारासहित यो वर्ष मुटु दिवस मनाइएको हो ।

कार्यक्रममा मुटुरोग विशेषज्ञहरुले मुटु रोग लाग्नबाट बच्न जीवनशैलीमा परिवर्तन, स्वच्छ वातावरण र मानसिक तानवबाट मुक्त हुनु आवश्यक रहेको बताएका थिए ।