
काठमाडौं । उत्तर कोरियाली सेनाले दुई कोरियाली सीमाको दशगजा क्षेत्रमा प्रवेश गर्न तयारी अवस्थामा रहेको चेतावनी दिएको छ ।
दक्षिण कोरियाली सैन्य अधिकारीहरुले प्रचार सामाग्री पठाएसँगै उत्तरका सैन्य अधिकारीहरुले चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।
यसअघि उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमाको सुरक्षाका लागि तयारी अवस्थामा रहन सेनालाई आदेश दिएको समाचार सार्वजनिक भएको थियो ।
दक्षिण कोरियाले बेलुनमार्फत उत्तर कोरियाली क्षेत्रमा प्रचार सामग्री पठाएसँगै दुई कोरियाको सम्बन्ध चिसिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
दक्षिण कोरियाले अमेरिकासँगको सहयोगमा उत्तरका गतिविधि निगरानी गर्ने जवाफ दिएर आफूहरुलाई सशंकित बनाएको उत्तरको आरोप छ ।
सन् १९५० मा कोरिया युद्ध अन्त्य भएसँगै दुई कोरियाको सीमा छुटयाइएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्