 
	    ओखलढुंगा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा ५ वटा मतदानस्थल र ३ वटा मतदान केन्द्र थपिएको छ ।
मतदाता संख्या र भूगोललाई आधार मानेर नयाँ मतदानस्थल र मतदान केन्द्र थप गरिएको हो ।
स्थानीय तह निर्वाचनमा ७९ वटा मतदानस्थल र १ सय ५० वटा मतदान केन्द्र थिए । आसन्न निर्वाचनका लागि ८४ वटा मतदानस्थल र १ सय ५३ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।
मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले सर्वदलीय सर्वपक्षीय छलफलमार्फत लिखु गाउँपालिकाको लाम्राङ आधारभूत विद्यालय, मोलुङ गाउँपालिकाको गणेश माध्यमिक विद्यालय तथा वडा नं ७ को वडा कार्यालय र मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माध्यमिक विद्यालय तथा हर्कपुर माध्यमिक विद्यालय सिफारिस गरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्