
तनहुँ, असार १ । तनहुँका कृषकलाई यतिखेर चैते धान थन्क्याउन भ्याइनभ्याइ छ ।
किसानहरु चैतेधान भित्र्याउन व्यस्त बनेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ कारण नेपाल लकडाउन भएपछि कृषकले समयमा मल पाउन नसक्दा यसवर्ष चैते धानको उत्पादनमा कमी आएको कृषकको भनाई छ ।
यतिबेला तनहुँको घाँसीकुवा, चुँदीफाट, साँगे, ढोरफिर्दी लगायतका ठाँउमा कृषकहरु चैतेधान भित्र्याउन व्यस्त भएका हुन् । जिल्लाभित्र ३ हजार ५ सय हेक्टरमा चैतेधान हुदैँ आएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्