३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


पाकिस्तानमा कार्यरत दुई भारतीय कर्मचारी वेपत्ता, खोजी गरिदिन आग्रह


0
Shares

काठमाडौं । भारतले पाकिस्तानमा कार्यरत आफ्ना दुई कर्मचारी वेपत्ता भएको भन्दै उनीहरुको खोजी गर्न आग्रह गरेको छ ।

इस्लामाबादमा रहेको सी.आई.एस.एफमा कार्यरत दुईजना भारतीय चालक बेपत्ता भएको भन्दै उनीहरुको खोजी गरिदिन भारतले पाकिस्तान सरकारसंग आग्रह गरेको हो ।

कामको सिलसिलामा कार्यालयबाट गएका उनीहरु सम्पर्कविहिन भएपछि अपहरणमा परेको हो कि भन्ने आशंका गरिएको छ ।

यता पाकिस्तानले भने उनीहरु खोजीमा लागि कुनै कसर बाँकी नराखेको जनाएको छ ।

यस अघि जासुसी गरेको आरोपमा पाकिस्तानी उच्चआयोगका दुई राजनीतिज्ञलाई भारतले नियन्त्रण लिई केही दिन हिरासतमा राखेर पाकिस्तान फर्काएको थियो ।