
सोलुखुम्बु । सोलुखुम्बुको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको पत्ताले र जोरबौद्धमा प्रहरीले चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ७ जोरबौद्धमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अनिल खनालले जिल्लामा भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि विशेष सुरक्षा योजना बनाइएको बताउनुभयो ।
यात्रु सहायता कक्षमा यात्रुको गुनासो, सवारी साधन चेकजाँच, भाडादर चेकजाँच, यातायात व्यवसायी परिचय खुल्ने कागजात बोके नबोकेको जाँचबुझ गरिने प्रहरी नायब उपरिक्षक सुनिलजंग शाहले बताउनुभयो ।
सोलुदूधकुण्ड नगरपालिका ७ का वडाध्यक्ष सोनामग्याल्जेन शेर्पाले प्रहरी र स्थानीयबीचको समयन्वयमा सम्भावित आपराधिक घट्ना न्युनिकरण गर्न सकिने भन्दै यस कार्यमा प्रहरीलाई पूर्ण सहयोग गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्