२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


फेरि सँगैसँगै दाहाल–भट्टराई: ‘अर्को जनयुद्ध आवश्यक छ’


4.082k
Shares

काठमाडौं । लामो रस्साकस्सीपछि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो । साता नबित्दै बाबुराम भट्टराई असोज ९ मा माओवादी केन्द्रलाई ‘भत्किएको रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई एउटै मञ्चमा बिरलै देखिए ।

१० वर्षे सशस्त्र संघर्ष, त्यसअघिको वाम स्कुलिङ र राजनीतिमा सहयात्रा गरेका यी दुईजनाको राजनीतिक दिशा र अजेन्डाले तालमेल खाएन । भट्टराई माओवादीबाट बाहिरिए ।

भट्टराई अहिले नेपाल समाजवादी पार्टीको अध्यक्ष छन् । तर पछिल्ला केही दिनयता उनीहरूबीचको सम्बन्ध बाक्लिएको छ । कटुता मधुरतामा परिणत भएको छ । भट्टराई माओवादी केन्द्रको निर्वाचन चिह्नमा चुनाव लड्ने निर्णयमा पुगेका छन् ।

सम्बन्धमा सुधार भएसँगै अहिल दुवैजना एउटै मञ्चमा देखिन थालेका छन् । जहाँ उनीहरू एकअर्काका लागि आवश्यक भन्दै मन माझामाझ गर्छन् । र, सम्बोधनका क्रममा आफूहरूले विगत भुलेर सम्बन्ध पुनस्र्थापित गरिरहेको सन्देश पनि दिन्छन् । यसैक्रममा शनिबार पनि दुवैजना एउटै मञ्चमा देखिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।