Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने


429
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ ।

कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो ।

कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो । वर्षौंंदेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो ।

बगैँचामा सटरसहितको टहरा बनाएकोले आज हटाउन लागिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख (एसपी) राजुनाथ पाण्डेले भने, ‘वडा अध्यक्षले ती सटरहरू भत्काउन कामपा प्रहरीलाई आग्रह गर्नुभएको थियो। हामीले सबै विवरण बुझेर भत्काउने निर्णय गरेका हौं ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।