Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


राष्ट्र बैंकद्वारा बीओकेको ‘वित्तीय विवरण’ अस्वीकृत


507
Shares

काठमाडौं । ‘ग्राहकलाई झुक्याउँदै कर्जा दिई बढी ब्याज असुलेको’ आरोप लाग्दै आएको बैंक अफ काठमाण्डूविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी पर्न थालेको छ ।

सो बैंकविरुद्ध केन्द्रीय बैंकमा लिखित तथा मौखिक उजुरी परेको हो । राष्ट्र बैंकका अनुसार केन्द्रीय बैंकको गुनासो पोख्ने वेभपोर्टलमार्फत बैंक अफ काठमाण्डूविरुद्ध केही उजुरी परेका छन् । यस सम्बन्धमा केन्द्रीय बैंकले बीओकेलाई सोधपुछसमेत गरेको बताइएको छ ।

वित्तीय विवरण स्वीकृत गर्नुअघि खराब कर्जाबापत जोखिमभार बढाउन अधिकांश बैंकलाई निर्देशन दिएको राष्ट्र बैंकले ‘बीओकेलाई ग्राहकको अनुमति नलिई वा दबाबमा अनुमति दिलाई बढाएको प्रिमियमबापत रकम फिर्ता गर्न’ निर्देशन दिएपछि बीओके अप्ठ्यारोमा परेको छ ।

हरेक बैंकको वित्तीय विवरण विश्लेषण गरेर अनधिकृत उठाइएको प्रिमियम फिर्ता गरी खराब कर्जामा कडाइसाथ थप प्रोभिजन व्यवस्था नगरेसम्म वित्तीय विवरण स्वीकृत नगर्ने प्रावधान छ । वित्तीय विवरण स्वीकृत नगर्ने अवस्था उत्पन्न भएपछि बीओके समस्यामा परेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।