
काठमाडौं । काठमाडौंको गोठाटारमा भएको गोली काण्डको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।
सोमबार साँझ भएको गोली प्रहारबाट गार्मेन्ट व्यवसायी फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको मृत्यु भएको थियो ।
उक्त घटना छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनकराज भट्टराईको नेतृत्वका ५ सदस्यीय समिति बनाइएको हो ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार समितिमा भट्टराईसँगै जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी दुर्गा दाहाल र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर गजेन्द्र रावल सदस्य छन् ।
गत सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट उद्योग अगाडि अज्ञात समूहले गोली प्रहार गरी मोहम्मदको हत्या गरेको थियो ।
घटनामा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । उनीहरुलाई नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरिएको बुझिएको छ । घटनामा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्