Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


चार्टर उडानको शुल्कबारे छानबीन गर्न समिति गठन


0
Shares

काठमाडौं, जेठ २८ । चार्टर फ्लाइटको शुल्कबारे छानबीन गर्न पर्यटन मन्त्रालयले छानबीन समिति गठन गरेको छ ।

पछिल्लो महामारीका बेला नियमित उडान रद्द छन् । तर विदेशबाट स्वदेश आउन खोज्ने नेपालीहरुलाई ल्याउन भने केही चार्टर उडानलाई सरकारले अनुमति दिन थालेको छ ।

यस्ता चार्टर उडानमा भाडा चर्को भएको भन्ने यात्रुहरुको गुनासो बढ्दै गएसंगै सरकाले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

यस सम्बन्धमा चार्टर पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारमा के कति भाडा लिएका हुन् सोको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई सात दिनको समय दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।