२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पृथ्वीको तापमान वृद्धिले पाकिस्तानमा बाढी


429
Shares

काठमाडौं । पाकिस्तानमा आएको भीषण बाढीको कारण विश्व तापमान वृद्धि रहेको आकलन वैज्ञानिकहरूले गरेका छन् ।

विश्वका विभिन्न निकाय तथा वैज्ञानिक सहभागी रहेको ‘वल्र्ड वेदर एट्रिब्युसन’ नामक वैज्ञानिक सञ्जालका अनुसार वर्षाको तीव्रताका लागि जलवायु परिवर्तनले मुख्य भूमिका खेलेको हुन सक्छ ।

यो निष्कर्षका लागि अझै केही अनिश्चितता भएको स्वीकार गर्दै वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावको स्तरलाई मापन गर्न कठिन रहेको बताएका छन् ।

यस प्रकारको घटना आगामी केही वर्षमा पुनः हुन सक्ने सम्भावना लगभग १ प्रतिशत रहेको पनि उनीहरूको ठम्याइ छ । बाढी सुरु भएको दुई महिनामा पाकिस्तानका लाखौं मानिस विस्थापित भएका छन् भने अहिलेसम्म १५ सयले ज्यान गुमाएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।