
काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै अन्तर–कोरियाली सञ्चार सम्पर्क लाइनहरु बन्द गर्ने जनाएको छ ।
छिमेकी दक्षिण कोरियालाई शत्रु भन्दै उत्तरले सञ्चार सम्पर्क बन्द गर्नु पहिलो चरणको काम रहेको बताएको हो ।
उत्तर कोरियाको सीमावर्ती शहर केइसङ्गमा रहेको सम्पर्क कार्यालयबाट हुँदै आएका टेलिफोनहरु आजदेखि बन्द गरिने भएको हो ।
दुई कोरियाले सन् २०१८ मा भएको वार्तापछि तनाव कम गर्ने भन्दै सो कार्यालय स्थापना गरेका थिए ।
जनवरीमा कोरोना महामारीका कारण सम्पर्क कार्यालय अस्थायी रुपमा बन्द गरिएको थियो । यस्तै सैन्य सम्पर्कका माध्यमहरु पनि बन्द गर्ने उत्तर कोरियाले जनाएको छ ।
सन् १९५३ को युद्ध अन्त्य पछि शान्ति सम्झौता हुन नकसेका कारण दुई कोरिया अहिले पनि प्राविधिक रुपमा युद्धको स्थिति छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्