२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


सुनको मूल्यमा बृद्धि, अब स्थानीय बजारमा दैनिक मूल्य तय


0
Shares

काठमाडौं, जेठ २६ । सोमबार सुन चाँदीको भाउमा सामान्य बृद्धि आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ८७ हजार ५ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत चैत्र ११ देखि लकडाउनका कारण अढाई महिनासम्म सुन चाँदीको कारोबार ठप्प हुँदा भाउ तय गरिएको थिएन ।

अढाई महिना पछि जेठ २५ गते आइतबार देखि मात्र भाउ तय गर्न शुरु गरिएको हो ।

गत चैत्र १० मा ७७ हजारमा कारोबार भएको सुनको मूल्य आइतबार तोलाको ८७ हजार ४ सय तय गरिएको थियो ।

यस दिन चाँदीको भाउ पनि ५ रुपैयाँले उकालो लागेर ९ सय ३० कायम गरिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै जाँदा स्थानीय बजारमा मूल्य नतोक्दा उपभोत्तालाई अन्योल परेको थियो ।

साथै लकडाउनको मोडलाटी पनि परिवर्तन गर्न शुरु गरिएको र यसले सुन चाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालन हुन सक्ने देखिएकाले मूल्य तय गर्न शुरु गरिएको महासंघले जनाएको छ ।