Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


एनआईसी एशिया बैंकको खातामा अब सोझै रकम पठाउन सकिने


130
Shares

काठमाडौं । एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब VISA DIRECT मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुभारम्भ भएको छ ।

यस बैंकले Visa इन्टरनेशनलसँग सहकार्य गर्दै अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० भन्दा बढी देशहरूबाट पठाइएको रकम आफ्नो बैंकको खातामा तुरुन्त प्राप्त गर्न सकिने प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिनुभएको छ ।

त्यसका लागि रकम पठाउनेले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा Visa कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिजा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउनसकिने छ ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।