 
	    सर्लाही । सर्लाहीका उखु किसानले अनुदानको रकम दसैं अगाडि नै पाउने भएका छन् । गत आर्थिक वर्षका लागि नेपाल सरकार, उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमति अनुसार उद्योगीले प्रति क्वीन्टल ५ सय २० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको थियो । सहमति अनुसार उद्योगीले दिने ५ सय २० रुपैयाँ उनीहरुले सर्लाहीका किसानलाई दिइसकेका छन् ।
प्रति क्वीन्टल ७० रुपैयाँका दरले अनुदान रकम मंगलबार प्राप्त भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका कोष नियन्त्रक जीवन पुरीले बताउनुभयो । सरकारले पठाउनु पर्ने रकम पठाइ सकेको र किसानको खातामा रकम हाल्न तथा सबै किसानको रकम खाता रुजु गर्ने लगायतको काम गर्न दुई जना कर्मचारी नै खटाएर काम भैरहेको कोष नियन्त्रक पुरीको भनाइ छ ।
यस वर्ष सरकारले सर्लाहीका किसानलाई बाँड्न २२ करोड ९८ लाख पठाएको र असोजको पहिलो साता किसानको खातामा पैसा जाने गरि काम भइरहेको कोष नियन्त्रक पुरीको भनाइ छ ।
ढिलै भए पनि चाडपर्वको मुखमा पैसा पाउने भएपछि बजारमा चहल पहल बढनुको साथै महान चाडपर्व मनाउन सहज हुने नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली बताउनुहुन्छ ।
नेपाल सरकारले उद्योगि र किसान प्रतिनिधिसँग सहमति गर्दा १५ दिन भित्र उखु किसानलाई किसानले बेचेको उखुको भुक्तानी दिने सहमति भएपनि उखु बेचेको करिब ८—९ महिना पछि भएपनि अनुदान पाउँदा खुसि मानु पर्ने अवस्था आएको उखु किसान नेता राजकुमार उप्रेती बताउनुहुन्छ ।
सर्लाहीमा मात्र करिब २५ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्