
रसुवा, जेठ २५ । पाँच महिनादेखि बन्द रहेको रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन ब्यावसायीहरुले माग गरेका छन ।
नाका बन्द रहँदा ब्यापारी, मजदुर, होटल तथा कन्टेनर ब्यावसायीले अर्बौ रुपैयाँ घाटा बेहोर्नु परेको भन्दै स्वास्थ्य सुरक्षा अपनाउँदै तत्काल संन्चालनमा ल्याउन माग गरेका हुन् ।
केरूङमा स्वास्थ सामग्री, जलविद्युतका सामाग्री, लत्ताकपडा तथा कच्चापदार्थ लगायतका करिब १५ सय कन्टेनर सामान गोदाममा थुप्रिएकोे व्यवसायीले बताएका छन् ।
एक महिना अघि मात्रै १२ वटा कन्टेनरमा रहेको फलफुल कुहिएर केरुङमा फालिएको चेम्बर अफ कमर्श रसुवाका अध्यक्ष संजीव अमात्यले बताए ।
कन्टेनर व्यवसायीहरुले लगानी गरेको अरबौ रुपैयाँ बैकको किस्ता तिर्न नसकेर सबै गाडीहरू लिलामी हुने अवस्था आएकोले त्यसतर्फ तत्काल ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्