
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका–२, अमरपुरका ६१ वर्षीय झुठारी थारुको मृत्यु भएको हो । आइतबार भैसी चराउन जङ्गल गएका थारु राती घर नफर्किए पछि खोजी गर्दा सोमबार बिहान घर नजिकको कुसमानीया सामुदायिक वनमा उनको शरीरको अंग तथा छाता र चप्पल भेटिएको मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले जानकारी दिनुभएको हो ।
त्यहाँ नजिकै बाघको पाइला देखिएको स्थानीयले बताएका छन् । केही महिनाअघि पनि मधुवनमै बाघले मान्छे खाएपछि स्थानीयले आन्दोलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्