
काठमाडौं, जेठ २३ । नेपाल उद्योग परिसंघले अर्थसचिव शिशिरकुमार ढुंगाना समक्ष आर्थिक वर्ष २०७७/७८ का प्रस्तुत बजेटका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेको छ ।
शुक्रबार अर्थमन्त्रालयमा परिसंघको प्रतिनिधि मण्डलले अर्थसचिव ढुंगानालाई भेट गरी बजेट बारे आफ्नो धारणा राखेको हो ।
कोभिड १९महामारीका कारण मुलुकको आर्थिक, उद्योग व्यवसाय एवम् रोजगारीमा परेको प्रतिकूल प्रभावलाई रोकी अर्थव्यवस्थालाई चलायमान बनाउन परिसंघले बजेट पूर्व प्रस्तुत गरेको सुझावहरुलाई बजेटले सम्बोधन गरेकोमा परिसंघले सकारात्मक धारणा व्यक्त गर्यो ।
परिसंघले बजेट सन्तुलित र व्यवहारिक रहेको तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको एवं भएका कतिप क्षलाई व्यहारिकताका आधारमा पुनरावलोकन हुनु पर्नेमा अर्थसचिवको ध्यानाकर्षण गराएको छ ।
परिसंघले निजी क्षेत्रबाट उठाएका अन्य माग मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षा लिएको पनि अर्थसचिव समक्ष जानकारी गराएको छ ।
उद्योगहरुको डिमाण्ड चार्ज मिनाहा गर्ने सम्बन्धमा भएको व्यवस्था पुनरावलोकन गर्न पनि अर्थसचिव समक्ष आग्रह गरेको छ ।
यसैगरी बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन परिसंघ आवश्यक सहकार्यका लागि तयार रहेको पनि अध्यक्ष सतिसकुमार मोरले बताए ।
प्रतिक्रिया दिनुहोस्