 
	    काठमाडौं । आगामी आर्थिक वर्षको विनियोजित बजेटको मन्त्रालयगत छलफल संसदमा आज सुरु भएको छ ।
विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तगर्त आज सातवटा मन्त्रालयका विभिन्न शीर्षकहरुबारे छलफल हुने कार्यसूची छ ।
आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सहरी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।
यस्तै खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, र युवा तथा खेलकूद मन्त्रालयको बजेटबारे पनि आजै छलफल हुने बताइएको छ ।
बैठकमा विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि पनि छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्