
काठमाडौं, जेठ २२ । अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा विभाजनको आगो सल्काएको आरोप लगाएका छन् ।
‘द एट्लान्टिक’ पत्रिकामा प्रकाशित सामग्रीमा म्याटिसले ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु पछि रंगभेदविरुद्धको प्रदर्शनको व्यवस्थापनमा ट्रम्पले निभाएको भूमिकाले आफूलाई आश्चर्यचकित बनाएको उनको भनाइ थियो ।
म्याटिसले अमेरिकी नागरिकलाई राष्ट्रपतिले एकतामा बाँध्न प्रयास नगरेको आरोप लगाए ।
ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गरेपछि त्यसमा असहमति जनाउँदै म्याटिसले सन् २०१८ मा रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।
तीन वर्षको अपरिपक्व नेतृत्वको परिणाम अहिले देखिरहेको उनको भनाइ थियो ।
जवाफमा राष्ट्रपति ट्रम्पले म्याटिस अमेरिकाको इतिहासमै सबैभन्दा ‘ओभररेटेड जनरल’ रहेको भन्दै उनले पद छोडेकोमा आफूलाई खुसी लागेको बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्