२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पार्टीमा अराजक गतिविधि गर्ने र निर्वाचनमा अन्तरघात गर्नेलाई पार्टी छाडेर जान चेतावनी


598
Shares

सुनसरी । नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति केदार भण्डारीले कांग्रेस नेता तथा सुचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र केन्द्रिय सदस्य विजय गच्छदारका कारण कांग्रेस सुनसरीमा भाडभैलो भएको बताएका छन् ।

शुक्रबार धरानमा वीपी जयन्तीको अबसरमा आयोजना गरिएको विचार गोष्ठिलाई सम्बोधन गर्दै उनले उक्तकुरा बताएका हुन् । सुनसरी कांग्रेसमा राजिव कोइराला जिल्ला सभापती हुदाँ सम्म पार्टी ठिक ढंगले चलेको भएपनी सुनसरीमा नेता ज्ञानेन्द्र कार्कीको प्रबेश र मधेसि जनअधिकार फोरम छाडेर गच्छदार कांग्रेसमा प्रबेश गरेपछी सुनसरी कांग्रेसमा विधि, प्रकृया भन्दा बाहिर गएर भाडभैलो भएको सभापती भण्डारीले आरोप लगाएका छन् ।

उनले ३ सय ६४ दिन कांग्रेस हुने चुनावको दिन अन्र्तघात गरेर कांग्रेस हराउन कांग्रेस नेता द्धय गच्छदार र कार्कीले नै लगाएको पनि आरोप लगाएका छन् । गत स्थानिय निर्वाचनमा धरान उपमहानगरपालिकाको निर्वाचनमा गठबन्धनको तर्फबाट माओवादीका अईन्द्रविक्रम बेघाले निर्वाचन जित्ने अनि कांग्रेसका किशोर राईले चुनाव हार्नुको कारण कांग्रेस कार्यकर्ताहरुले नै अन्र्तघात गरेका कारण भएको सभापती भण्डारीको भनाई थियो ।

इनरुवा नगरपालिकाको मेयर समेत रहेका कांग्रेस जिल्ला सभापति भण्डारीले आफ्नो हस्ताक्षरलाई दुरुपयोग गर्दै कांग्रेस संस्थापन पक्षका केहि नेताहरुले कांग्रेस जिल्ला सदस्यमा मनोनित गरेको पत्र विभिन्न व्यक्तिलाई वितरण गर्दै पार्टीको बदनाम गराएको समेत आरोप लगाएका छन् । उनले सुनसरीमा कांग्रेसलाई बदनाम गराउन नेताहरु गच्छदार र कार्की लागिपरेकाले यस्तो हर्कद नगर्न समेत आग्रह गरेका छन् । कांग्रेस कमजोर भयो भने आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी हासिल गर्न कठिन हुने भन्दै पार्टीमा बसरेर अराजक गतिविधि गर्ने र निर्वाचनमा अन्र्तघात गर्नेलाई पार्टी छाडेर जान सभापति भण्डारीले चेतावनी समेत दिएका छन् ।

शेखर कोइराला पक्षका जिल्ला सभापति भण्डारीलाई पार्टी संस्थापन पक्षका गच्छदार र कार्कीले असहयोग गरेको भन्दै उनले सार्वजनिक कार्यक्रममा पहिलो पटक केन्द्रिय नेताहरुको खुलेर विर।ेध गरेको बुझिएको छ ।