Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


शेयर बजारमा सामान्य गिरावट


26
Shares

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.१३ अङ्कले ओरालो लागेर १ हजार ९ सय ३७ दशमलब ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५४ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलब ८४ मा सीमित भएको छ ।

कूल २ सय २७ कम्पनीको ३४ लाख एक हजार छ सय ९२ कित्ता शेयर रु एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूह मध्ये बिहीबार सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने छ उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

नेप्सेका अनुसार बैंकिङ चार दशमलब शून्य छ, व्यापार १७ दशमलब ५९, उत्पादन १३, अन्य १८ दशमलब ८५, लघुवित्त एक दशमलब ५५, जीवन बीमा २४ दशमलब ८२, नागरिक लगानी कोष शून्य दशमलब १३ अङ्कले ओरालो लागेको छ ।