Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


अर्घाखाँचीमा बिक्रीका लागि ल्याएको तरकारी प्रहरीद्धारा नष्ट


13
Shares

अर्घाखाँची, जेठ १८ । अर्घाखाँचीको सन्धिखर्कमा एक व्यापारीले बिक्रीका लागि ल्याएको तरकारी प्रहरीले नष्ट गरेको छ ।

कपिलवस्तु बुद्धभुमी नगरपालिकाबाट बिक्रीको लागि ल्याइएको ५ क्वीन्टल हरियो तरकारीहरु नष्ट गरिएको हो ।

कपिलबस्तुमा उच्च कोरोना संक्रमित संख्या भएकाले र हरियो तरकारीमा पनि कोरोना संक्रमण हुन सक्ने बभ्दै तरकारी नष्ट गरिएको हो ।

यस अघि नै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले तरकारीमा रोक लगाएको थियो ।