२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


मानव अधिकारको टोली रुकुम घटनाको अनुसन्धान गर्न घटनास्थलतर्फ


0
Shares

काठमाडौं, जेठ १८ । अन्तर्जातीय बिहेको विवादका कारण रुकुममा पाँच जना मारिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ ।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो आयोगले जनाएको छ । टोलीले पश्चिम रुकुम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ ।

जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए ।

त्यसक्रममा केटी पक्षका आफन्त र गाउँले उनीहरुलाई आक्रमण गर्दा घटनामा नवराज विकसहित पाँच जना मारिएका थिए । एक जना अझै वेपत्ता छन् ।