२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त


3.718k
Shares

काठमाडौं । न्याय परिषद्ले बाँके जिल्ला अदालतमा न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गरेको छ ।

परिषद्को बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

जिल्ला न्यायाधीश अधिकारीले न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा उहाँलाई बर्खास्त गरिएको हो ।

परिषद्ले यसअघि पनि अधिकारीलाई सचेत गराएको थियो । तर चालचलन नसुध्रिएको र मुद्दामा आर्थिक चलखेल गरेको सार्वजनिक भएपछि उहाँलाई पदबाट हटाइएको हो । जिल्ला अदालतमा रहँदा मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्चले साउन ३ गते सर्वोच्च झिकाएको थियो ।

उहाँलाई विगतमा हटाउन खोज्दा महाभियोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोगाउनुभएको थियो । यअसघि उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त हुनुभएको थियो । पछिल्लो समय परिषद्ले न्यायाधीशमाथि धमाधम कारबाही थालेको छ ।