Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


‘सञ्चारमाध्यमका लागि स्वागतयोग्य बजेट’


0
Shares

काठमाडौं, जेठ १६ । सञ्चारमाध्यम सम्बद्ध संघ संस्थाहरुले बजेटको स्वागत गरेका छन् ।

आमसञ्चार क्षेत्रकालागि बजेट सकारात्मक रहको उनिहरुले जनाएका हुन् ।

नेपाल मिडिया सोसाइटी, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)ले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै बजेटको स्वागत गरेका हुन् ।

अर्थ तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि संसदमा पेश गरेको बजेटले विगत लामो समयदेखि आमसञ्चार क्षेत्रले माग गर्दै आएका केही विषय सम्वोधन भएको उनिहरुले जनाएका छन् ।

विशेषगरी नेपाल विगत दुई महिना भन्दा बढी समयदेखि लकडाउनमा परेको र कोभिड–१९ को संक्रमण बढिरहेको अवस्थाले सञ्चार क्षेत्र सबैभन्दा बढी जोखिम र आर्थिक रुपमा गम्भीर सङ्कट झेलिरहेको छ ।

यस्तो बेलामा बजेट मार्फत् आम सञ्चार माध्यमको कारोबारको दुई प्रतिशत सेवा शुल्क मध्ये १ प्रतिशत कायम गरिनु र आगामी आर्थिक वर्षमा टेलिभिजन र रेडियोको लाइसेन्स तथा उपकरण नवीकरण शुल्कमा पूर्ण छुट दिने व्यवस्था मिलाएकोमा उनिहरुले सरकारलाई धन्यवाद दिएका छन् ।