
दीपक चालिसे
फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा आज गणेश रथयात्रा गरिएको छ ।
पेरिसको मुटु लाचापेलमा हिन्दूहरुको पर्व गणेश चतुर्थीको अवसर पारेर गणेश रथ यात्रा गरिएको हो । जसमा श्रीलंका, भारत, नेपाल, बङ्गलादेश, कम्बोडिया लगायतका हिन्दू धर्मावलम्वीहरुको सहभागिता रहेको थियो । फ्रान्स सरकारले सबै धर्मलाई समभावको रुपमा लिएको छ । रथ यात्राको रुटका पर्ने सबै सडक खाली गरिएको थियो भने स्वास्थ्य सुरक्षाका लागि सडकमा सेनिटाइजर प्रयोग गरिएको थियो ।रथयात्राका क्रममा विभिन्न देशका गणेश चतुर्थीसँग सम्वन्धित झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । नेपालमा गणेश चतुर्थी आगामी बुधवार मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस्