
काठमाडौं, जेठ १५ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अरु सबै सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गरिदिएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता, जोखिम भत्ता जस्ता कर्मचारीले पाउँदै आएको सबै सत्ता साउन १ देखि खारेज गरिएको घोषणा गरेका हुन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि भने थप प्रोत्साहनमूलक भत्ताको व्यवस्था गरिएको उनले जानकारी दिए ।
त्यस्तै कर्मचारीको विदेश भ्रमण, इन्धन खर्च, कम प्राथमिकताका गोष्ठी, सेमिनार, सवारी मर्मत खर्चमा उल्लेख्य कटौती गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्