२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नेपाल र केन्याबीचको तेस्रो खेल आज


520
Shares

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको तेस्रो खेल आज आइतबार हुँदैछ ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ ।

दुवै टोली आजको खेल जित्दै श्रृंखलामा अग्रता लिने योजनामा छन् ।

पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।