Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध अनुसन्धान जारी


104
Shares

काठमाडौं । अमेरिकी न्याय विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य कागजातहरुको दुरुपयोग गरेको आरोप लगाएको छ ।

विभागले केही समयदेखि ट्रम्पविरुद्धद अनुसन्धान जारी राखेको छ । सोही क्रममा उहाँको घर खानतलासी गर्ने क्रमममा शिलबन्दी नगरिएको महत्वपूर्ण कागजातहरु फेला परेको न्याय विभागको दावी छ ।

विभागका अधिकारीहरुले ट्रम्पले अधिकारको चरम दुरुपयोग गरेर राज्यका महत्वपूर्ण दस्तावेदजहरु बिना शिलबन्दी आफ्नो घरमा राखेकोसमेत उल्लेख गरेको छ ।

यसअघि अगस्ट ८ मा ट्रम्पमाथि लगाइएका आरोपको थप पुष्टि हुने कागजात फेला परेको अनुसन्धानमा संलग्न अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अधिकारीहरुले अनधिकृत रुपमा विभिन्न स्थानमा गोप्य सूचना भएका कागजपत्रहरु लुकाउने र गैरकानुनी रुपमा सरकारी दस्तावेजहरु भण्डारण गरेको आरोपमा ट्रम्पविरुद्ध अनुसन्धान गरिरहेको जनाएका छन् ।

अमेरिकी राष्ट्रिय अभिलेख तथा प्रशासनले गत जनवरीमा ट्रम्पको कार्यालयबाट महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको जनाएको छ ।

एफबीआईको अनुसन्धानले ट्रम्पले अधिकारको दुरुपयोग गरेर महत्वपूर्ण कागजातहरु गैरकानुनी रुपमा भण्डारण गरेको पुष्टि गरेको थियो ।

अमेरिकी न्यायाधीशहरुले गतहप्ता ट्रम्पसँगै अझै महत्वपूर्ण दस्तावेज रहेको हुनसक्ने भन्दै थप अनुसन्धान आवश्यक रहेको बताएका थिए ।

गत अगस्ट १२ मा वारेन्ट जारी भएसँगै अमेरिकी न्याय विभागले गोप्य कागजात दुरुपयोग गरेको आरोपमा पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध अनुसन्धान भइरहेको खुलासा भएको थियो ।