२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिप्यान क्रिकेट अवार्ड भदौ अन्तिम साता


91
Shares

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिप्यानले अवार्ड कार्यक्रमको मिति घोषणा गरेको हो ।

भदौ २४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सिप्यानले जनाएको छ ।

शिक्षण संस्था एनसीसीएस ग्रुपको मुख्य प्रायोजक रहेको अवार्डमा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी ५ विधामा पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्डसहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिइयो ।

अवार्डका लागि पाँच सदस्यीय प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डाका आधारमा खेलाडी छनोट गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिनुभयो । कोभिडपछि अहिलेसम्मको क्षणलाई मूल्याङ्कन वर्ष उत्कृष्ट क्षणको छनोट गरिने सिप्यानले जनाएको छ । जसका लागि भोटिङ हुने छ ।