Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


महाअभियोग लागेका प्रधानन्यायाधीश जबरालाई संसदीय समितिले १५ गते बोलायो


247
Shares

काठमाडौं । महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि भदौ १५ गते समितिका बोलाउने निर्णय गरेको छ ।

समितिको बुधवार बसेको बैठकले जबरालाई १५ गते बिहान ११ बजे बोलाउने निर्णय गरेको हो । बैठकले भदौ २० गतेभित्र छानबिन सक्ने गरी कार्यतालिका बनाउँदै जबरालाई महाअभियोगबारे आफ्ना कुरा राख्न १५ गते बोलाउने निर्णय गरेको हो । समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले जबरालाई १५ गते बोलाउने निर्णय भएको जानकारी दिनुभयो । समितिले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिका पनि पारित गरेको छ । भदौ ९ देखि १२ गतेसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ ।

गत फागुन १ गते सत्ता सत्ता गठबन्धनका ९७ जना सांसदले जबराविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाअभियोग दर्ता गरेका थिए ।