३० असार २०८२, सोमबार | Mon Jul 14 2025


जापानको फुकुओकामा पहिलो पटक उड्दै नेपाल एयरलाइन्स


0
Shares

काठमाडौं जेठ १३ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ ।

निगमको वाइडबडी ए–३३० जहाजले मंगलबार राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।

बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौं उडान हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ९ बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर बुधबार दिउँसो १ः३० बजे काठमाडौं अवतरण गर्नेछ । काठमाडौं–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ ।

निगमक प्रवक्ता अर्चना खड्काले निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको जानकारी दिइन् ।

यो उडानमा २६० हाराहारी यात्रु रहेका छन् । नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो । रासस