
काठमाडौं, जेठ १३ । एशियाली विकास बैंक (एडिबी)ले नेपालका लागि ३० अर्ब २५ करोड रुपैयाँ बराबर ऋण सहयोग दिने भएको छ ।
बैंकले नेपालमा कोभिड—१९ संग जुझ्न २५ करोड अमेरिकी डलर सहुलियत ऋण सहयोग प्रस्ताव पारित गरेको जनाएको हो ।
यो रकम नेपालको सामुदायिक स्वास्थ्य प्रणालीमा सुधार र कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको आर्थिक, सामाजिक प्रभाव न्यूनीकरणमा खर्च हुने जनाइएको छ ।
बैंक यस्तो अवस्थामा नेपाललाई सहयोग गर्न पूर्ण प्रतिवद्ध रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्