Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


आलुको बिउ उत्पादन गर्दै रसुवाका कृषक


0
Shares

रसुवा, जेठ १२ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ रसुवाले कृषकहरुलाई आवश्यक पर्ने आलुको बिउ उत्पादन सुरु गरेको छ ।

आलु जोन कार्यक्रम अन्तर्गत कार्यालयले जिल्लामा नरोपिएको नयाँ बिउ बाहिरबाट दश हजार किलो मुल बिउ ल्याइ जिल्लाका पाँच वटै गाँउपालिकाका ६५ कृषकलाई दिएपछि अहिले उनीहरुले १६ स्थानमा बिउ उत्पादनको काम सुरु गरेका हुन् ।

कार्यालयले कृषकलाई पचास प्रतिशत अनुदान प्रदान गरि आलुको बिउ उत्पादनको काम अघि बढाएको छ ।

२५ सय हेक्टर जमिनमा आलु खेती गरिने यस जिल्लामा कृषकहरुले लामो समयदेखि पुरानो बिउको प्रयोग गर्दै आएका थिए ।